आज :

प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा

  • अनलाइन डबली

काठमाडौँ । पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी भएका थिए ।

शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोष्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो ।

सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।

प्रदर्शनका क्रममा पत्रकारहरुले विचौलिया—प्रधामन्त्री न्यायालय कनेक्सन छानविन गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संसद इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर लेखिएका प्लेकार्ड बोकेर बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतले प्रदर्शनलाई सम्बोधन गरे थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal