काठमाडौं । रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को नेतृत्वको टोलीले रसुवा बाढी पीडितलाई राहत वितरण गरको छ । रिन्पोछेसहितको टोली हालै बाढी प्रभावित क्षेत्र रसुवामा पुगि अत्यावश्यक खाद्यन्न तथा शैक्षिक सामग्रि वितरण गरेको समाजसेवी इन्द्र रोकायाले बताएका छन् ।
समाजसेवी तथा बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्पोछे (डोल्पोबुद्ध) रसुवा बाढी पीडितको दुःखमा मलम लगाउन पुगेको स्थानीयले बताएका छन् ।
गत भदौ १० गते भोटेकोसी नदिमा आएको रसुवा बाढीले ठुलो जनधनको क्षती भएको थियो । सो विपद्मा हजारौंले ज्यान गुमाउनुका साथै, हजारौं पीडितलाई अहिलेसम्म पनि सरकारले उचित व्यवस्थापन गर्ननसक्दा घरबार विहिन नै भएका छन् । सो क्षेत्रमा बालबालिकाको शैक्षिक अवस्था अन्यौलतामा गुज्रिएको छ ।
डोल्पोबुद्धले बाढी गएको पहिलो हप्तामा नै ५ लाख भन्दा बढीको राहत पहिलो चरणमा वितरण गरिसकेका थिए । त्यसैगरी दोश्रो चरणमा पनि सरकारले उद्दार गरेर काठमाडौं ल्याएका नागरिकलाई लत्ताकपडा वितरण गरेका थिए । बुधबार तेस्रो चरणको राहत कार्यक्रम रसुवा जिल्लाको कालिका गाउँपालिका –१ वडाको सेतिभूमि मा.वि मा ६ सय घरपरिवारलाई खाद्यान्न र ३ सय ३५ बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
त्यसैगरी कालिका गाउँपालिका–२ स्थित ग्रिन गार्डेन बोडिङ स्कूलका ३२ जना बालबालिकालाइ झोला, कापी र कलमलागायतका शैक्षिक सामग्री वितरण गरिएको गुरु डोल्पोबुद्धले जनाए ।
साथै रिन्पोछेले नेपालको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति प्रेम, करुणा र सहयोगका हातहरू फैलाउँदै विपद् प्रभावित समुदायमा आशा जगाउन एकजुट हुन आह्वान गरे ।
यो अभियानमा स्नो ल्याण्ड रानाक स्कुल, नेपाल बोनबुद्धिष्ट महासंघ र कालिका गाउँपालिका–१, लगायतले आर्थिक तथा भौतिक सहयोग रहेको बताइएको छ ।
कालिका गाउँपालिका–१ का अध्यक्ष दावा लामाले सहयोगका लागि गुरु डोल्पोबुद्धलाई धन्यवाद दिदैं संघ र प्रदेश सरकारबाट नगद लगायत अन्य राहत अपेक्षित नपाएकोले सबै सहयोगी दाता, संघ–संस्था र सहयोगि मनहरुलाई अझै सहयोगको अपेक्षा रहेको बताए ।


अनलाइन डबली

