आज :

संसद्‌मा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

बैठक सभापति देउवाको निवासमा सोमबार विहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् ।

सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal