आज :

सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने बजेट ल्याउँछौं: अर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले यस वर्षको बजेट निर्माण सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी ल्याउने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित ‘पूर्व बजेट छलफल आर्थिक वर्ष २०८१–८२’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए ।

मन्त्री पुनले भने, ‘बजेट निर्माणको क्रम छ । म सुरु मै भन्न चाहन्छु यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने प्रयास भएको छ । अहिले तीन महिना पहिले नै बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता माथि छलफल संसदमा भएर आवश्यक सुझावहरू पनि आइसकेको छन् । त्यसलाई सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी लैजाने कोसिस भइराखेको छ । त्यसपछि आउने मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भएको छ ।’

अर्थमन्त्री पुनले गत वर्षमा कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति, कार्यक्रम र बजेट र आएको भन्ने टिप्पणी बिडम्वना रहेको बताए । यस वर्षको बजेट विनियोजनमा विगतको कमजोरीलाई दोहोरिन नदिने दाबी उनले गरे ।

‘गत वर्ष विडम्बना जस्तो पनि साझा टिप्पणीहरु भए । कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति कार्यक्रम बजेट र त्यसपछि मौद्रिक नीति अर्को आस्थाबाट आएको जस्तो टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो । यसलाई सच्याउन यस वर्ष प्रयत्नहरू भइरहेको छ’पुनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal