आज :

बागमती प्रदेशको नाम नेपाः मण्डल राख्न माग गर्दै गरेको प्रदर्शनमा झडप, ३० जना घाइते

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको प्रदर्शनमा झडप भएको छ ।

अभियान अन्तर्गतको स्वनिगः (उपत्यका) विशेष ब्यूरो नेवाः राष्ट्रिय परिषदले आयोजनामा शनिबार  सिंह दरवार अगाडी भद्रकालीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

झडपको क्रममा वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको प्रदर्शनमा झडप भएको परिषदले जानकारी दिएको छ ।

झडपको क्रममा ३० जना प्रदर्शनकारी घाइते भएको परिषदले जानकारी दिएको छ ।

‘बहुलराष्ट्रिय राज्य स्थापना गर, बागमति प्रदेश नाम खारेज गर, नेपाः मण्डल कायम गर’ लगायतका नारा लगाउँदै अगाडी बढेको प्रदर्शन भद्रकालीतर्फ पुग्दा निषेधित क्षेत्र भन्दै प्रहरीले रोकेको थियो ।

प्रहरीले र्‍याली निषेधित क्षेत्र सिंहदरवारतर्फ जान खोजेपछि रोकेको भनिरहँदा परिषदका संयोजक सुमन सायमीले भने आफुहरु भद्रकाली घुम्दै अगाडी जान मात्र खाजेको तर त्यत्तिकैमा प्रहरीले लाठी चार्ज गरेको दावी गरे ।

‘देउताको दायाँबाट घुम्ने हाम्रो चलन छ । हामीले भद्रकाली घुमेर अगाडी आई कोणसभा गर्न खोजेका थियौं तर प्रहरीले एकैपटक हामीमाथि दमन सुरु गर्यो र निर्मम तरीकाले लाठीचार्ज गरी हाम्रा साथीहरुलाई घाइते बनाइदियो’ संयोजक सायमीको भनाई हो ।

प्रहरीले प्रदर्शनकारीहरुलाई निर्ममतापुर्वक दमन गरेको र महिलाहरुलाई समेत हातपात गरेको परिषदकी विद्या श्रेष्ठले बताइन् ।

‘हामीले कसैको भाग खोस्न गएका थिएनौं । हामीले सबैको अपनत्व हुने बहुलराष्ट्रिय स्थापनाको माग गरेका थियौं, यहिँकै ईतिहास र संस्कृतिसँग जोडिएको नाम प्रदेशलाई दिन माग गरेका थियौं तर, राज्यले हामीलाई यसरी निर्मम तरीकाले दमन गरेको छ’ श्रेष्ठले भनिन् ।

झडपको क्रममा प्रहरीको तर्फबाट प्रहरी जवान रामसिंह बोहरा पनि घाइते भएको र उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

परिषदको आह्वानमा काठमाडौँको दरवार क्षेत्र बसन्तपुरबाट ‘बृहत जनप्रदर्शन र्याली सुरु भएको थियो ।

विभिन्न समुदायकाे सांस्कृतिक बाजागाजासहित वसन्तपुरबाट र्‍याली सुरु गरि काठमाडौंको बिभिन्न स्थान हुदै टुँडिखेलबाट भद्रकाली पुगेर कोण सभा गर्ने कार्यक्रम तय भएको थियो । तर प्रहरीले हस्तक्षेप गरेपछि कोणसभा भने हुन पाएन ।

जनप्रदर्शनमा  नेवा: समुदायका सामाजिक अभियानता ,  मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत हजारौंको संख्यामा सहभागीता रहेको परिषदले जनाएको छ ।

राज्यले नेवाः लगायत आदिवासी जनजातिको पहिचान, संस्कृति मेटाउने काम निरन्तर गर्दै आएको र यहाँको मूर्त, अमूर्त संस्कृति, सम्पदा बचाउनका लागि यो आन्दोलन निरन्तर हुने परिषदले जनाएको छ ।

नेवाः लगायत नेपालका राज्यविहिन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नुपर्ने माग नेवाः राष्ट्रिय परिषदले राख्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal