आज :

प्रधानमन्त्री प्रचण्डले गोरखा दरबारमा प्रतिस्थापन गरे ५२ केजीको बहुमूल्य धातु

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको मकार्यक्रमा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले जिल्लाको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने धारणा राखे ।

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो ।

बरामदपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए । उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन् ।

उक्त धातुको तौल ५२.३३० केजी रहेको छ ।

कार्यक्रममा गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले त्यहाँको विकास निर्माणमा निरन्तर लाग्ने बताएका दाहालले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा ध्यान दिने आस्वासन दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal