आज :

अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं: पर्यटनमन्त्री

  • अनलाइन डबली

काठमाडौं । पर्यटन समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।

बैठकमा सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण ऐन,२०४६ पुरानो र परम्परागत तरिकाको भएकाले नयाँ र आधुनिक तरिकाले अभिलेखको संरक्षणको व्यवस्था आवश्यक रहेको बताए ।
दुईतीन वर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेको उक्त ऐन परिमार्जनको आवश्यकता महशुस भएकाले छलफल सुरु गरेको उनले जानकारी दिए ।

मन्त्री तामाङले भने, “धेरै कुराहरुमा परिवर्तन आयो । सूचना सञ्चारको पनि विकास भयो । जसको कारणले त्यसलाई भन्दा नयाँ तरिकाले आधुनिक र विज्ञानसँग सम्बन्धित तरिकाले त्यसको संरक्षणको व्यवस्था गर्नुप¥यो भनेर दुई तीनवर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेकोमा परिमार्जनको अमवश्यकता महसुश गरी समितिमा छलफल भइरहेको छ ।”

उनले राष्ट्रिय सभाको संशोधन र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने आशंका पैदा भएको बताए ।

“राष्ट्रिय सभाको संशोधनले पनि र त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने भन्ने कुरा छ । त्यसैले विषयवस्तु यहाँ प्रवेश भएको छ” तमाङले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal