आज :

इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

  • अनलाइन डबली

इलाम । निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

यहाँबाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले बैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो ।

बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ ।

कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ । यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् ।

निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal