आज :

ताइवानमा शक्तिशाली भूकम्प अपडेटः ४ को मृत्यु, २६ वटा भवनमा क्षति

  • अनलाइन डबली

काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् ।

यो टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो ।

भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ ।

ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ ।

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी छ ।

ताइवान टेलिभिजन स्टेशनहरूले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरु स्कूल जाने दौडधुपमा थिए ।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal