आज :

वर्तमान संविधान र व्यवस्था नै समाजवादको वाधक: अध्यक्ष यादव

  • अनलाइन डबली

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन् ।

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वर्तमान शासकिय स्वरुपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन् ।

यादवले भने, ‘अहिलेको संविधान र व्यवस्था नै समाजवादको पुरै वाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिरहेका छौं नि तमासा त भइरहकै छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर बल्लतल्ल संसदमा पुग्छन् । तिनिहरुबाट समाजवादको आशा गर्ने ?’

वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामुलक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि उनको भनाइ छ ।

समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्याहरुलाई हल गर्न आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे ।

‘नेपाल बहुराष्ट्रिय मुलुक हो । सबै वर्गको सहभागिता र उनीहरुको पहिचानलाई समाधान गरेर राज्यले वर्षौदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ ? समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ । त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्वपूर्ण पक्ष हुन्’ यादवले भने  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal