आज :

स्वास्थ्य सामाग्री खरिदमा भइरहेको भ्रष्टाचारलाई आयोग बनाएर छानबिन गर्न संघको माग

  • अनलाइन डबली

काठमाडौँ । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य सामाग्री खरिदमा भइरहेको भ्रष्टाचार तथा बेथितिलाई छानबिन गर्न उच्च स्तरिय आयोग गठन गर्न माग गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटेर संघले स्वास्थ्य सामाग्री खरिदलाई राष्ट्र र जनताको हितमा बनाउन उच्च स्तरिय आयोग गठन गर्न समेत माग गरेको हो ।

संघका अध्यक्ष नवराज बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सार्वजनिक खरिद ऐनमा उल्लेखित केही अव्यवहारिक कानुन, माफिया व्यवसायीले दिएको खरिद मापदण्ड र दरभाउपत्र बनाउने, आर्थिक कारोबारको अप्रत्यशित रकम, प्रतिस्पर्धीलाई निषेध गर्ने सर्तहरुलाई बोलपत्रमा समावेश गर्ने गरेको बताउँदै छानविनको माग गरेको छ । उक्त कार्यमा मन्त्रालय मातहतकै कर्मचारीको मिलेमतो हुँदै आएको भन्दै उनीहरुमाथि पनि कारवाहीको माग पनि संघले गरेको छ ।

त्यसैगरी मन्त्री यादवसँगको भेटमा संघका अध्यक्ष बस्नेतले आर्थिक वर्ष २०८०÷०८१ को लागि स्वास्थ्य सामाग्री खरिदको लागि सरकार र दातृ निकायको गरी करिब ३ अर्बको खरिदमा १५० करोड भ्रष्टाचार भएको भन्दै छानबिन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेका थिए । बस्नेतले भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन नियमनकारी निकायलाई सक्रिय गराउन पर्ने समेत बताए ।

संघका प्रतिनिधिसँगको भेटमा मन्त्री यादवले सुझावले आफूलाई मार्ग निर्देशन गर्ने अपेक्षा गरेको बताउँदै स्वास्थ्य क्षेत्र पहिलेको भन्दा बिग्रिदै गएको बताए । स्वास्थ्य क्षेत्र सुधारको लागि आफूले सबैका सुझावका आधार अगाडि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal