आज :

कोशी प्रदेशमा ‘स्पेकलक’ गर्ने कुशल दाहालविरुद्ध २ करोड ८९ लाखको भ्रष्टाचार मुद्दा

  • अनलाइन डबली

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा कार्यरत बायोमेडिकल इन्जिनियर कुशल दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

स्वास्थ्य सामाग्री सामाग्री खरिदमा निश्चित व्यवसायीसँगको मिलेर खरिद मापदण्ड बनाउँदै आएका दाहलविरुद्ध अख्तियारले २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

“भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं मूल्यांकन समितिबाट गलत लिखत तयार गरी गराई प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिमसमेत सजाय हुन माग दाबी लिइएको छ” अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

केही समयअघि सिटी स्क्यानको टेण्डर आह्वान गर्दा पनि दाहालले निश्चित व्यवासायीसँग मिल्ने गरी खरिद मापदण्ड बनाएका थिए ।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८० कात्तिक २४ गते (२०२३, नोभेम्बर १०) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । दाहालले कमिसनको चक्करमा निश्चित कम्पनीलाई मिल्नेगरी खरिद मापदण्ड बनाएको सार्वजनिक भएपछि उक्त टेण्डर रद्द गरेर पुनः माघ २८ गते आइतबार नयाँ आह्वान गरिएको थियो ।
कोरोना कालदेखि नै दाहालले निश्चित व्यापारीसँग मेलेर खरिद मापदण्ड बनाउँदै आएका थिए । उनले कार्यालय बाहिर केही व्यापारीसँग बसेर खरिद मापदण्ड बनाउने गरेको स्रोतले भन्यो ।

त्यस्तै, दाहाल काठमाडौँ आउँदासमेत तिनै कम्पनीको लगानीमा महंगो होटलमा बस्ने गरेका थिए । “कुशलजी जड्हा नै भएका थिए, हरेक साँझ रक्सी नभई नहुने । केन्द्रले टेण्डर आह्वान गर्दा त कार्यालय बाहिर महंगो बसाई गर्थे । सबै बिल अरुलाई तिराउथे” स्रोतले भन्यो ।

स्वास्थ्य सामाग्री खरिदमा बायोमेडिकल इन्जिनियर नै बेथितिका नाइके हुने गरेका छन् । उनीहरुकै कारण निश्चित व्यापारी मोटाउँदै आएका छन् ।

कुशल दाहालजस्तै अन्य प्रदेशका बायोमेडिकल इन्जिनियर पनि अख्तियारको निगरानीमा परेको स्रोतको दाबी छ ।करारका कर्मचारी दाहालले केही समयदेखि केन्द्रमा कार्यरत छन् ।

विवादित व्यवसायी विशाल पण्डितसँगै प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका तत्कालिन निर्देशक चन्द्रदेब मेहता, मूल्यांकन समितिका सदस्य स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ र पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेजका बजार व्यवस्थापक मनोज कुमार आचार्यलाई पनि अख्तियारले सोही मुद्दामा दोषी ठहर गर्दै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal