आज :

चीन नेपालसँगका १४ नाका खोल्न तयार, निःशूल्क भिषा दिनेबारे सकारात्मकः श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भैमण अवसरमा चीनले यस्तो प्रतिवद्धता जनाएको हो ।

चीनको सातदिने भ्रमण सकेर आज स्वदेश फर्किएका मन्त्री श्रेष्ठले यो जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारिक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए ।
मन्त्री श्रेष्ठले भने, “रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु ।”

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन आफूले अनुरोध गरेको भन्दै त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।

“नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु। यस मा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ” मन्त्री श्रेष्ठले भने ।

त्यसैगरी नेपालबाटतरकारी तथा फलफूल निर्यात सहजीकरणका लागि तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको पनि उनले जानकारी दिए ।

काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको मन्त्री श्रेष्ठको भनाई छ ।

चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal