आज :

कानुनहरु निर्माणको प्रक्रियामा सबै दल एक ठाउँमा आउनुपर्छ: पौडेल

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानले निर्देश गरेका कानुनहरु बनाउने सवालमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले दलका प्रतिनिधिहरु सदनभित्र बस्दा जुन–जुन खण्डमा गएर बसेपनि कानुनहरु बनाउने सवालमा सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

पौडेलले भने, “टीआरसीसँग सम्बन्धित कानुन बनेको छैन् । हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन खण्डमा गएर बस्छौं कहिले कुन खण्डमा बस्छौं । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ ।”

शान्ति प्रक्रियासँग सम्बन्धित कानुन खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको विषय पनि अल्झिएर बसेको भन्दै पौडेलले त्यसलाई छिटै टुङग्याउनु आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal