आज :

आरजु राणाको भारतमा अप्रेशन, केही समय अस्पतालमै बस्ने

  • अनलाइन डबली

काठमाडौं । उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा.आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शल्यक्रिया गरिएको छ ।

डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शैल्यक्रिया भएको हो ।

विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा.राणा दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन् । उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन ।

‘हाल माननीय डा.आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।

डा.राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक बर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो । म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो ।

चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा.हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal