आज :

नयाँ समिकरणपछि प्रचण्ड–देउवाबीच पहिलो भेट, टीआरसी विधेयक र संसद अवरोधबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ । नयाँ समिकरणपछि पहिलो पटक देउवा बालुवाटार पुगेका हुन् ।

भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । दाहाल गृहमन्त्रीको बचाउमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal