आज :

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन: गृहमन्त्री

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त जवाफमा दिएका हुन् ।

लामिछानेले भने, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नामबाहेक केही पनि छैन । अर्थात न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैंले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरुको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रुपमा मैले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal