आज :

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानविन गर्न माग

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ ।  त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’

सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गरे ।

कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal