आज :

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सीपीपीसीसीका अध्यक्ष वाङबीच भेटवार्ता, के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका स्थायी समिति सदस्यसमेत रहेका वाङबीच सोमवार बेइजिङमा भएको भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार आर्थिक विकास र समृद्धिको विषयमा छलफल भएको थियो ।

त्यसैगरी अध्यक्ष वाङले नेपाल र चीनबीचको सम्बन्ध मजबुत रहेकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आइतवार साँझ चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री श्रेष्ठ सोमवार राजधानी बेइजिङ पुगेका थिए ।

मन्त्री श्रेष्ठलाई चीनको विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर जनरल चाङ माओमिङलगायतका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal