काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा आदेश जारी गरेको छ । सोमबार सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसीलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
दुर्गा प्रसाईले मेडिकल कजेलाई लामो समयसम्म सम्बन्धन नदिएको भन्दै अदालत पुगेका थिए । प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्चको यो आदेशसँगै अब प्रसाईको मेडिकल कलेजले सम्बन्धन पाउने र एमबीबीएसलगायतका कार्यक्रम संचालन गर्न पाउने भएको छ ।


अनलाइन डबली


