आज :

युक्रेनको राजधानी किभमा रुसले गर्यो अहिलेसम्मकै ठूलो हमला, अमेरिकाको प्रतिरक्षा प्रणाली फेल

  • अनलाइन डबली

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा ठूलो हमला गरेको छ । रुसी सेनाले एकै पटक दर्जनौं मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

रुसी सेनाले पछिल्ला दिनमा किभमा यति ठूलो हमला गरेको थिएन् । रुसको हवाई हमलाको अगाडि अमेरिका र नेटोले दिएको प्रतिरक्षा प्रणाली फेल भएका छन् ।

मस्कोमा आतंकवादी हमला भएपछि रुसले युक्रेनमा थप हमला गरेको छ । आतंकवादीहरु युक्रेनतिर भाग्न थालेका थिए । हमलामा युक्रेन र पश्चिमा देशहरुको हात रहेको रुसले दाबी गरेकङ्को छ ।

राजधानी किभमा हमला भएको युक्रेनी सेनाले समेत पुष्टी गरेको छ । उसले कडा जवाफ दिएको दाबी गरेको छ ।

किभबासी बंकरभित्र पसेका छन् भने युक्रेनले आइतवार पूरै देशभरमा अलर्ट जारी गरेको छ ।

रुसको सेनाले शनिवार बिहान ५ बजेबाट किभमा हमला सुरु गरेको थियो र अहिलेसम्म जारी रहेको छ । त्यसअघि शुक्रवार पनि रुसले दर्जनौं मिसाइल प्रहार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal