
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज भ्रमण जाँदैछन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा श्रेष्ठ चीन भ्रमण जान लागेका हुन् ।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने भ्रमण तालिका रहेको छ ।
उक्त भेटमा बहुचर्चित बिआरआईलगायत दुई देशबीच आपसी हितका विषयमा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
भ्रमणको क्रममा श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठ यही चैत १९ गते स्वदेश फर्किने छन् ।