आज :

मस्कोमा आतंकवादी हमलाः मृत्यु हुनेको संख्या १४३ पुग्यो, रगतको बदला रगत लिने रुसको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरे । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे ।

रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ ।

रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको बताएको छ ।

उक्त घटनाको जिम्मेवारी आइएसआइएसले लिएको छ ।  सेनाको वर्दीमा लगाएका चार आतंककारीले अन्धाधुन्ध गोली चलाए, बम फालेर भागेका थिए ।

रुसका पूर्वराष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले रुसले रगतको बदला रगतको बदला लिने चेतावनी दिएका छन् । उनले आतंककारीले आतंकको भाषा मात्र बुझ्ने बताउँदै जबसम्म बल प्रयोग गरी आतंकवादीहरूका परिवारसहित उनीहरूलाई कारबाही हुँदैन, अनुसन्धानको कुनै अर्थ नरहने समेत बताए ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मार्च ७ मा रुसस्थित अमेरिकी दूतावासले ठूलो हमला हुने चेतावनी दिएको थियो । दूतावासले उग्रवादीहरूले मस्कोमा एक संगीत कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको बताएको थियो । दूतावासले रसियामा रहेका अमेरिकी नागरिकलाई आगामी ४८ घण्टासम्म कुनै पनि ठूलो जमघटमा नजान आग्रह गरेको छ ।

यसै क्रममा पुटिनले अमेरिकी दूतावासमा भएको आक्रमणको चेतावनीको निन्दा गरेका थिए । हाल ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले अहिले थप जानकारी दिन नसक्ने बताएका छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले हलमा रुसी रक ब्यान्ड पिकनिकको कन्सर्ट चलिरहेको बेला आक्रमण भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal