आज :

प्रधानमन्त्री प्रचण्डसँग नाउपाका नेताहरुको भेट, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारमा सहभागी हुने

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डसँग र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुले शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुडेर भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नाउपालाई संघ र प्रदेशमा सरकारमा सहभागी हुनेबार छलफल भएको नेताहरुले बताएका छन् ।

छलफलमा सहभागी नाउपाका नेता रामलाल डंगौराका अनुसार भेटवार्ता सकारात्मक भएको छ । नयाँ समिकरणमा संघ र प्रदेशमा सहभागी हुनेबारे पनि सकारात्मक छलफल भएको बताइएको छ ।

संघमा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बताइएको छ ।

त्यसैगरी नाउपा निर्णयक बनेका सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि नयाँ समिकरणमा सहभागी हुनेबारे पनि छलफल भएको छ ।

नाउपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो तर सुदूरपश्चिम सरकारबाट हटेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal