काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएकाे छ। च्याम्पियन फुटवेयरको नाममा हुदै ब्यक्तिको नाममा नामसारी भएको उक्त जग्गा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।
चिन सरकार को अनुदान सहयोगमा २०२० सालमा निर्माण भएको बाँसबारी छालाजुत्ता कारखाना ८३ रोपनी मध्यको १० रोपनी बिनोद चौधरीको च्याम्पियन फुटवेरको नाममा गएको यो जग्गा ४२ बर्ष पछी मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै उक्त जग्गा नेपाल सरकारको नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी विनोद चौधरीका भाइ अरूण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।
सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। सरकारी सो जग्गा फिर्ता भएपनि यस बिषयमा अनुसन्धान जारि रहने बताईएको छ ।