
काठमाडौँ । मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न सरकार नयाँ आयोग गठन गरेको छ । विहीबार सबेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् ।
नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले पीडितलाई न्याय दिन सरकारले आयोग गठन गरेको जानकारी दिइन् ।