आज :

इन्डोनेसियाको नयाँ राष्ट्रिपतिमा सुब्यान्टो विजयी, तेस्रो प्रयासमा सफलता

  • अनलाइन डबली

काठमाडौं । इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा वर्तमान रक्षामन्त्री प्राबोवो सुब्यान्टो निर्वाचित भएका छन् । १४ फेबु्रअरीमा भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक गर्दै प्राबोवो राष्ट्रपतिमा निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ ।

उनले अब जोको विडोडोको स्थान लिनेछन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन् ।

बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनीसँग चुनाव लडेका जकार्ताका पूर्व गभर्नर एनीस बास्वेदनले २४ दशमलव ९ प्रतिशत र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवोले १६ दशमलव ५ प्रतिशत मत प्राप्त गरे । तर, पराजित द्वय प्रतिस्पर्धी अनीस बास्वेदन र गञ्जर प्रणोभोले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

दुवै उम्मेदवारले निर्वाचन परिणामलाई अदालतमा चुनौती दिने बताएका छन् । दुवै नेताले यही साता अदालतसमक्ष यो विषय पेस गर्नुपर्नेछ । इन्डोनेसियामा चुनावी विवादलाई आधिकारिक नतिजा घोषणा भएको तीन दिनभित्र अदालतमा चुनौती दिन सकिने व्यवस्था गरिएको छ ।

इन्डोनेसियाले सन् १९९८ देखि लोकतान्त्रिक अभ्यास अपनाउँदै आएको छ । इन्डोनेसियाको २७ करोड जनसंख्यामध्ये करिब २० करोड मानिस मतदाता छन् । राष्ट्रपतिको चुनाव जित्नका लागि उम्मेदवारले कुल मतको ५० प्रतिशत र सबै राज्यमा २० प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने व्यवस्था छ । प्रबोवोले ५० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

लगातार तेस्रो पटक राष्ट्रपतिको चुनाव लडेका उनी यसअघि २०१४ र २०१९ मा जोकोवीसँग पराजित भए पनि तेस्रो पटक राष्ट्रपति निर्वाचनमा विजयी बनेका छन् ।

वर्तमान राष्ट्रपति जोकोवीका छोरा जिब्रान राकाबुमिङ राकाले सुब्यान्टोसँगै उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal