आज :

क्यानडियन नागरिकता लिएका नेता बद्रीप्रसादलाई कारवाही गरेपछि काँग्रेसमा लफडा

  • अनलाइन डबली

काठमाडौं । क्यानडियन नागरिकता दिएको भन्दै नेपाली कांग्रेसले एकजना नेतालाई कारवाही गरेसँगै लफडा उत्पन्न भएको छ । के

न्द्रीय निर्वाचन समितिले २० फागुनमा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बद्रीप्रसाद ओली क्यानडियन नागरिक रहेको पाइएको भन्दै विधानबमोजिम वली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नरहने निर्णय गर्दै पत्राचार गरेको थियो ।

तर जनसम्पर्क समिति क्यानडाले भने निर्वाचन समितिको सो निर्णयविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । बैठकले निर्वाचन समिति बर्खास्त गर्न माग गर्ने निर्णय गरेको जनसम्पर्क समितिका प्रवक्ता खुमजङ्ग बस्नेतले जानकारी दिए ।

‘कांग्रेस महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्तावको ३१ औँ पेजको बुँदा ८ मा विदेशमा बस्ने नेपाली मुलका विदेश नागरिककाबारेमा प्रष्टसँग प्रस्ताव लिई सोको बारेमा व्यापक छलफल गरी आउँदो विधानमा स्पष्ट गर्ने भन्नेबारे महासमिति बैठक पास गरेको छ,’ बैठकपछि प्रवक्ता बस्नेतले भनेका छन्, ‘तर निर्वाचन समितिले हतारमा प्रतिसोधपूर्ण ढंगबाट गैरसंवैधानिक, अपमानजनकरुपमा गरिएको पत्राचार खारेज गर्ने, पत्रको भत्सना गर्ने र खेद प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।’

बैठकले जनसम्पर्क समितिका सभापति वलीलाई व्यक्तिगतरुपमा विभिन्न भ्रामक प्रचार र क्षति पुर्याउने काम भएको भन्दै क्षतिपुर्तिको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal