आज :

कोशी, मधेश र बागमतीको केही स्थानमा चट्याङसहित वर्षा

  • अनलाइन डबली

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । बेलुका पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँहरुमा चट्याङसहितको वर्षा हुन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal