
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले महरालाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको हो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सिफारिस गरिएकाहरुमाथि कारवाही अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए ।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।