आज :

पुटिन पाचौँ कार्यकाल समाल्दै, खुशी हुँदै युक्रेनी नागरिकले पनि भोट हाले

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेशनको नयाँ राष्ट्रपतिको लागि भएको चुनावमा युक्रेनको जपोरिजिया, खेअरसन, डोनेट्स्क र लुहान्स्कका नागरिक पनि सहभागी भएका छन् । उनीहरुले पुटिनलाई मतदान गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।

नारासहित मतदान केन्द्र पुगेका युक्रेनीहरु आफूले पुटिनलाई मतदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे ।

औपचारिक घोषणा हुन बाँकी रहेपनि पुटिन पुनः निर्वाचित भएका छन् । पुटिनको यो पाँचौँ कार्यकाल हो ।

मत गणना नसकिँदै पुटिनको जित सुनिश्चित भइसकेको छ । पुटिनले करिब ९० प्रतिशत बढी मतसहित निर्वाचित हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् । यो सोभियत रुसको इतिहासमै सबैभन्दा बढी मत हो ।

रुसी फेडेरेशनमा नयाँ राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो । हरेक चार वर्षमा नयाँ राष्ट्रपतिको चुनाव हुँदै आएको थियो । तर, संविधान संशोधनपछि अब पुटिन ६ बर्षको लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

खराब स्वास्थ्यका कारण तत्कालिन नेता बोरिस यल्तसिनले सत्ता हस्तान्तरण गरेपछि सन् १९९९ देखि पुटिन सोभियत रुसको नेतृत्व गरेका छन् । पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal