आज :

रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित, २०३० सम्म रुसको नेतृत्व समाल्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपतिमा उम्मेदवारी दिएका तीन अन्य उम्मेदवार प्रतिस्पर्धामै आउन सकेनन् ।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । अब पुटिनले सन् २०३० सम्म रुसको नेतृत्व गर्नेछन् ।

७१ बर्षीय पुटिनले जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो नेतृत्व गरेका छन् । पुटिन विगत ३ दशकदेखि विश्व राजनीतिमा छाएका छन् ।

यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि थप गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal