काठमाडौँ । आइतबार विहान भूकम्प गएको छ । रसुवा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको जुरे ढुङ्गा भएर बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो ।
केन्द्रका अनुसार ४ रेक्टरस्केलको भूकम्प गएकार र त्यसबाट भएको क्षतिको विवरण आएको छैन ।
भूकम्पले काठमाडौँ उपत्यका आसपासको क्षेत्रमा समेत धक्का महशुस गरिएको थियो ।