आज :

परराष्ट्र मन्त्रालयले भन्यो– रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकता

  • अनलाइन डबली

काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ ।

विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस–युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन् । सरकारले विभिन्न चरणमा त्यसकालागि पहल गरेपनि सफल हुन सकेको छैन ।

नयाँ गठबन्धन सरकारका तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेपछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार रुसी सेनामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै रुसी सेनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
परराष्ट्रका अनुसार पछिल्लो पटक धादिङका पूर्ण बहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ ।

‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रले भनेको छ ।

नेपालबाट रुसी सेनामा जान सरकारको अनुमति छैन । पछिल्लो समय अन्य विभिन्न उद्देश्यले जानेहरुलाई समेत सरकारले नो अब्जेक्सन लेटर लिएर मात्रै जान भनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal