आज :

हेटौँडा अस्पतालको नयाँ मेसुमा डा. श्रीधर अर्याल नियुक्त

  • अनलाइन डबली

काठमाडौँ । हेटौँडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् ।

अर्याल दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीले हेटौडा अस्पतालको नि.प्रमुख मेसु नियुक्त गरेको हो ।

यसअघि डा. अर्याल भक्तपुर अस्पतालको मेसु भइसकेका थिए । भक्तपुर अस्पतालमा कार्यरत अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फागुन ३० गते मेसुमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

विहीबार जिम्मेवारी समालेका अर्यालले अस्पतालबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउने प्रतिवद्धता जाहेर गरे । “अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउन प्रयास गर्नेछु, यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछु” पदभार ग्रहण गर्दै डा. अर्यालले भने ।

यसअघिका मेसु डा. रामचन्द्र सापकोटाको काज संघमै फिर्ता भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal