आज :

अमेरिकाको नयाँ राष्ट्रपतिमा बाइडन र ट्रम्पबीच भिडन्त हुने पक्का, बाइडनको लोकप्रियता खस्कँदो

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिको लागि फेरि वर्तमान राष्ट्रपति जो बाइडन र डोनाल्ड ट्रम्पबीच नै भिडन्त हुने भएको छ । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटबाट बाइडेन र रिपब्लिकनबाट ट्रम्प उम्मेदवार हुने भएका छन् ।

बाइडन र ट्रम्प दुबैले राष्ट्रपतिको उम्मेदवार बन्न पार्टीभित्र आवश्यक थ्रेसहोल्ड कटाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । योसँगै दोस्रो पटक बाइडन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।

बाइडेन र ट्रम्पले चुनाव केन्द्रित कार्यक्रम बनाइरहेका छन् । बाइडनलाई रिपब्लिकनबाट टक्कर दिने ट्रम्पभन्दा अर्को बलियाे उम्मेदवार छैन ।यो अमेरिकाको ७० वर्षको इतिहासमा अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवारबीच पुनः सँगै प्रतिस्पर्धा गरेको पहिलो पटक भएको बताइएको छ ।

आफू उम्मेदवार बन्ने पक्का भएसँगै बाइडनले ट्रम्पबाट निकै चुनौती रहेको अवस्थामा मलाई फेरि एकपटक विश्वास गरेकोमा आफ्नो पार्टीबाट निकै आभारी रहेको बताएका छन् ।

उता ट्रम्पले पनि पार्टीभित्रको प्रारम्भिक निर्वाचनको विजयलाई महत्वपूर्ण दिनको रुपमा लिएको बताएका छन् । आफ्नो ध्यान बाइडेनलाई हराउन केन्द्रित हुने उद्घोष ट्रम्पले गरेका छन् ।

पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा विजयी दुवैलाई उम्मेदवारीको औपचारिकता भने ग्रीष्मयामको विशेष सम्मेलन मार्फत दिइनेछ । यद्यपि बाइडेन र ट्रम्प दुवैले पार्टीभित्रको आन्तरिक समितिलाई परिचालन गर्न थालिसकेका छन् ।

बाइडन प्रशासनले ट्रम्पलाई उम्मेदवार बन्न नदिन विभिन्न मुद्दा लगाएको थियो । चार प्रकृतिका फौजदारी अभियोगमा ९१ वटा मुद्दाका बाबजुद पनि ट्रम्पलाई रिपब्लिकनले पत्याएको छ ।

युक्रेन, ताइवान, गाजालगायतका विषयमा लिएका निर्णयले बाइडनले लोकप्रियता गुमाउँदै गएका छन् । त्यस्तै बाइडन निकै बुढो भएको, आर्थिक सूचकांक सुधार गर्न नसकेको चुनावमा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको भन्दै युवा पुस्ताले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal