आज :

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत

  • अनलाइन डबली

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्न नपाइने कानून बनाउनुपर्ने या यो व्यवस्था नै खारेज गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन पटक पटक बन्छ । पटक पटक भत्किन्छ । तर यसबाट जनताले चाँही के पाइराखेका छन् ? या त निर्वाचनमा गठबन्धन रोक्नसक्ने ऐन कानून बनाउनुपर्यो  नभए यो व्यवस्था नै परिवर्तन गनुपर्यो ।’

जनताबाट म्यान्डेट लिएर आएका नेताहरुले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘यहाँ नेताहरुले राखेका विचारबाट के प्रष्ट हुन्छ भने जुन मत जनताले हामीलाई दिएका छन् । त्यो जनमत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ कहिले उता हाल्नुपरेको छ । यो हामीले बताउन सकिरेहका छैनौं । विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं ।’

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा अर्थतन्त्रका आँकडा प्रस्तुत गर्दैगर्दा राजश्व कति बढ्यो र खर्च कति भयो भन्न किन डराउनुभयो भन्दै प्रश्न गरेका थिए ।

उनले गौर हत्याण्डका आरोपीसँग प्रधानमन्त्रीसहितका वामपन्थीहरु कुम जोडेर बसेको उल्लेख गर्दै कारबाही हुन्छ कि हँुदैन भनेर आफूहरु हेरिरेको बताए । जनमतले प्रधानमन्त्री विपक्षमा मतदान गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal