आज :

कांग्रेसले इमानका कुरा गर्नु बेकार : ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन् । वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए ।

ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको सुनाए । अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उनले बताए । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो भन्ने प्रश्न गरे ।

देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गरे । ‘देशको परिस्थिति सुखद छैन’, ओलीले भने । ओलीले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताए ।

नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उल्लेख गर्दै उनले भने,‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ ।’

अध्यक्ष ओलीले बहुदलीय निर्वाचन प्रणाली रहेका कारण सत्ता समीकरण फेरबदल हुनु स्वाभाविक भएको बताए ।

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस नेताहरुले अस्थिर भन्ने गरेको बताउँदै उनले दुई महिनामा सरकार परिवर्तन हुँदा किन अस्थिर भयो भन्नुभएन भन्दै प्रश्न गरे । उनले भने, ‘सत्ता परिवर्तन स्वभाविक छ । हामीले दलीय निर्वाचनको प्रणाली ल्यायौं । बहुमत कसैसँग पनि छैन ।

अस्थिरताको खेती तपाईहरुले गर्नुभएको हो नि । पोहोर दुई महिनामा सरकार परिवर्तन हुँदाखेरि तपाईहरुलाई अस्थिरता लागेन ? अहिले १४ महिनामा सरकार परिवर्तन हुँदा केको अस्थिरता ? दुई महिना नभइकन कसरि सरकार परिवर्तन गरेको हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal