Skip
आज :

ग्याल्पाे ल्होसारको अबसरमा प्रधानमन्त्रीको शुभाकामना-  शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । ग्याल्पो ल्होसार पर्वलाई शेर्पा समुदायले नयाँ वर्षकारुपमा मनाउने गर्दछन् ।

प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व ग्याल्पो ल्होसार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले ल्होसारले सबैमा आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal