आज :

पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी ?

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए ।

नवाजको पार्टी पीएमएल–एन र बिलावलको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो । जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बनेका थिए । इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दाबादको नारा लगाएका थिए । जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए ।

मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन ।

पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिनेछन् । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।

जरदारी को हुन् ?

आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन् । जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए । बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी थिइन् ।

२००७ मा भुट्टोको हत्या पछि, नवाजको पार्टीले पीएमएल–एनसँग गठबन्धनमा चुनाव लडे र जनरल परवेज मुशर्रफलाई सत्ताबाट हटायो । यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal