काठमाडौँ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज शपथ लिँदैछन् । जसपाले पार्टीले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
जसपाबाट नवलकिशोर साह वन र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
नयाँ समिकरणको हस्ताक्षरकर्ता दल भएपनि मधेस प्रदेशको सरकार र पार्टी निर्णयका कारण पहिलो र दोस्रो चरणमा जसपाले मन्त्री पठाउन सकेको थिएन ।
यसअघि दुईपटक स्वास्थ्यमन्त्री भइसकेका यादव तेस्रो पटक मन्त्रालय समाल्दैछन् ।


अनलाइन डबली


