आज :

नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन्: खनाल

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ बनेको सरकारले जनतामा नयाँ आशाको सञ्चर गरेको चर्चा गर्दै  जनताको अवस्था परिवर्तन गर्नेगरी सरकारले काम गर्नुपर्ने सुझाएका छन् ।  तर, उनले नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरे ।

शनिबार सरकारलाई शुभकामना दिँदै खनालले हाम्रो देशको रणनीतिक महत्वका कारणले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’ खनालले भनेका छन् ।

तत्कालिन कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेर एमाले, रास्वपालगायतसँग नयाँ सरकार बन्नु सकारात्मक परिवर्तन रहेको तर्क  गरेका खनालले भनेका छन्,‘यो सरकार बन्दा आमजनतामा नयाँ आशाको संचार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।’

प्रगतिशील र समाजवादी शक्तिहरूसँगको नयाँ गठबन्धनले वर्तमान सरकारलाई अझ घनिष्ठ रूपले एकताबद्ध भएर अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने धारणा खनालको छ । तर, उनले नयाँ बनेको सत्ता गठबन्धनलाई फुटाउन कांग्रेस अग्रसर भएकोप्रति व्यङ्ग्य गर्दै गठबन्धनले चुनौतिहरुको एकताबद्ध भएर सामना गर्न मद्दत गर्ने बताए ।

‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन् । यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ ।’

खनालले अगाडिको गठबन्धन सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको, बेरोजगारी र भ्रष्टाचार बढेको बताउँदै अहिलेको बामपन्थी एकता समयको माग भएको तर्क गरे ।

‘वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो र मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal