आज :

आज नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव, टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना 

  • अनलाइन डबली

काठमाडौं । नेपाली सेनाले शुक्रबार २६१ औँ वार्षिकोत्सव मनाउँदै छ । विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ ।

काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन् ।

सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने तयारी छ । यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति समेत छ ।

जंगीअड्डा मातहत रहेका पृतना, बाहिनी, गण र गुल्ममा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने कार्यक्रम रहेको छ ।

नेपालमा सेनाको सांगठनिक अभ्यास १८१९ सालदेखि सुरुवात भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal