काठमाडौँ । आज शिवरात्रिको दिन पशुपति क्षेत्रमा मानिसहरुको भिडभाड र घुइँचो हुने भएकोले सवारी आगमनमा केही असहज हुने भएको छ । ट्राफिक प्रहरीका अनुसार पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई १२ स्थानबाट डाइभर्सन गरेर सहज बनाउन लागिएको छ ।
पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ ।
विहानैबाट पशुपति क्षेत्रमा सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ । पशुपतिमा विहानैबाट लामो लाइन लागेको छ ।


अनलाइन डबली


