काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उपेन्द्र यादव र नवलकिशोर साह वन र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने जसपाले निर्णय गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय भएको बताए ।
जसपाबाट मन्त्रीले शपथ लिएपछि नयाँ समिकरणपछि बनेको मन्त्रिमण्डलले पूर्णता पाउनेछ ।


अनलाइन डबली


