आज :

गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखियोः पौडेल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले, गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने दाबी गरे ।

‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ कति गहिरो घाउ लागेको रहेछ । भन्ने कुरा रमेश लेखक ज्युले सँगसँगै अभिव्यक्त गर्नुभयो । यो तहको पीडा,छटपटी, बेचैनी,आक्रोस व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ ।’ उनले भने, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने लाग्दैन् । सक्छौं हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन् ।त्यति सहज छैन् । साच्चीनै जनताको नयाँ आशा जगाउन सक्ने

विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन् ।’ उनले बहुमत प्राप्त गर्न सकेन भने दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानले नै प्रबन्ध रहेको भन्दै यसमा कुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको बताए ।

‘कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ । दलहरुका बिचमा सहकार्य हुन्छ दलहरु मिलेर सरकार निर्माण गर्छन् । दलहरुका मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिड्न पाउँछौं कि पाउँदैनौं । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु प¥यो नि संविधानमा’ पौडेलले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal