आज :

अर्थतन्त्रको कमजोरी मलाई थाहा छ: अर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँने प्रतिबद्धता जनाएका छन् ।

बुधबार शपथ ग्रहणपछि मन्त्रालयको पदभार सम्हाल्दै पुनले यसअघि पनि अर्थमन्त्रीका रुपमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव रहेको भन्दै विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएका हुन् ।

“विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँछु । यसअघि पनि काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव छ । राजस्व संकलनमा पनि कहाँ–कहाँ कमजोरी छन् । त्यसमा काम गर्नेछौं” अर्थमन्त्री पुनले भने ।

अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय आफूसँग रहेको दाबी गर्दै पुनले अर्थतन्त्रको सबै क्षेत्रमा समस्या नरहेको र समस्या भएको क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिने पुनले बताए ।

मन्त्री पुनले भने, “अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय मसँग छ । अर्थतन्त्रमा देखिएको दबाब कम गर्न विगतको मेरो अनुभवका आधारमा योजना बनाएर अघि बढ्नेछु । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या छैन । समस्या भएको क्षेत्र मलाई राम्रोसँग थाहा छ । ती क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिन्छ । अहिले तरलता व्यवस्थापनको समस्या छ । पुँजीगत खर्च बढाउनुपर्ने, सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने, घरजग्गा क्षेत्र चलायमान बनाउनु पर्नेलगायत धेरै चुनौती छ । यी क्षेत्रमा समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई साथै लिएर प्रभावकारी रुपमा काम गर्नेछु ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal