आज :

काँग्रेससँगको समीकरण फलदायी भएन: नारायणकाजी श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए ।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विगतको समीकरण फलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चहाना पूरा गर्नुपर्ने बताए ।

“नयाँ समीकरणको औचित्य पुष्टि गर्नको लागि सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाइएको थियो । तीव्र र सकारात्मक हस्तक्षेपलाई गुणात्मक तहमा पु¥याउन खोजिएको थियो, त्यो समीकरणबाट गर्न सकिएन । नयाँ समीकरणले त्यो कुरा पुष्टि गर्न सक्नुपर्ने चुनौति थपिएको छ । नेतृत्वले त्यो दिशातर्फ काम गर्न सक्नुपर्छ” श्रेष्ठले भने ।

यसको साथै उनले राजनीतिको सफाई नेपालको अहिलेको देश फेर्ने अभियानको पूर्वसर्त भएको भन्दै त्यसको सुरुवात हामीले नै गर्नपर्ने बताए ।

जनतामा निराशाको वातावरण भइरहेको र समाजमा अराजकता फैलिएको भन्दै यसलाई रोक्नको लागि सुशासन नै पहिलो सर्त बनेको पनि उनको भनाई छ ।

श्रेष्ठ अब परराष्ट्रमन्त्री बन्ने भएका छन् । पाँचौँपटक मन्त्री बन्न लागेका श्रेष्ठ दोस्रोपटक परराष्ट्रमन्त्री बन्न लागेका हुन् ।
यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।

बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal