आज :

सुदूरपश्चिम प्रदेशमा माओवादीले समर्थन फिर्ता लियो, लुम्बिनीबाट दुई मन्त्री हटाइए

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारमा सहभागी तीन मन्त्रीलाई मुख्यमन्त्री कमल शाहले हटाएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यसैगरी यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ लाई बरखास्त गरेका हुन् ।

माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले दुई जना मन्त्रीलाई बर्खास्त गरिएको रातोपाटीलाई बताए ।

केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal