आज :

युक्रेन युद्धको दुई बर्षः पश्चिमा देशहरुले सहयोग गरिरहे आणविक हतियार प्रयोग- पुटिन

  • अनलाइन डबली

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् ।

रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनलाई पश्मिा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे । पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि पुटिनले चेतावनी दिए ।

पुटिनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने पनि कडा शब्दमा चेतावनी दिए । रुस आणविक हतियारले सुसज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी पनि दिए ।

पश्चिमा देशहरुले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका बताउादै पुटिनले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताए । उनले युक्रेन युद्ध जित्ने योजनामा केन्द्रीत भएको बताए ।

राष्ट्रपति पुटिनले राष्ट्रपतिय निर्वाचनको सन्दर्भमा पनि जनतासँग अपिल गरेका थिए । रुसमा मार्च १५–१७ सम्म चुनाव हुँदै छ । उनी नै पुनः ६ वर्षका लागि निर्वाचित हुने पक्का छ ।

पुटिनले रुस संसारको सबैभन्दा ठूलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि रुसी समाचार एजेन्सी टासले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal